म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बसिदिनुस्ः प्रधानमन्त्री ओली
चैत १२, काठमाडौं ।
कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनको दोस्रो दिन चलिहरँदा प्रधामन्त्री केपी शर्मा ओलीले देशबासीलाई घरमै बसिदिन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत सन्देश जारी गर्दै देशवासीलाई यस्तो आग्रह प्रधानमन्त्रीले गरेका हुन् ।
उनले सामाजिक संजालमा ’म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईंहरु पनि घरमै बसिदिनुस् ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
कोरोना भाइरससँगको जोखिम न्यूनीकरणको जिम्मेवारी यतिबेला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेको काँधमा रहेको समय प्रधानमन्त्रीको भनाई आएको हो ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजकका रुपमा पोखरेलकै अध्यक्षतामा बस्ने बैठकले लकडाउनसहितका सबै निर्णय गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली एक महिना देखि मृगौलाको उपचार गरेर निवासमै आराम गरेको समय प्रधानमन्त्रीको सन्देश आएको हो ।
प्रतिकृया दिनुहोस्