बाँदर धपाउन १० लाख वजेट
बैतडी । झट्ट सुन्दा दशरथचन्द नगरपालिका(५ को वडा कार्यालयले यो कस्तो क्षेत्रमा बजेट विनियोजन गर्याे होला भने लाग्न सक्छ । तर दशरथचन्द नगरपालिका(५ का स्थानीयको मुख्य समस्या बाँदर आतङ्क नै हा े।
सोही समस्याको मागअनुसार कार्यालयले बौदर धपाउन १० लाख बजेट विनियोजन गरेको छ । दशरथचन्द नगरपालिका(५ मा बाँदरले विगत केही वर्षदेखि आतङ्क मच्चाएकाले बाँदर व्यवस्थापनका लागि वडा कार्यालयले १० लाख रुपैयाँ विनियोजन गरेको हो ।
बाँदरलगायत अन्य जंगली जनावर व्यवस्थापन गर्नका लागि उक्त रकम विनियोजन गरिएको दशरथचन्द नगरपालिका(५ का अध्यक्ष नारायणप्रसाद भट्टले बताए ।
वडामा विशेष गरेर बाँदरले आतंक मच्चाएको उनले बताए । खेतमा लगाएको अन्नबाली तथा फलफुल बाँदरले सखाप पार्ने गरेको छ । यसका साथै घरभित्र पसेर समेत पकाएको खाना तथा घरभित्र थन्काएर राखेको अन्न तथा अन्य खाद्यान्नसमेत बाँदरले खाने गरेको उनले बताए ।
बाटोमा हिँडदा समेत महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्ने गरेको वडाध्यक्ष भट्टको भनाइ छ । गत साउनमा ३ जनालाई बाँदरले टोकेपछि तीनैजनालाई रेबिजविरुद्धको सुईसमेत दिइएको उनले बताए ।
जंगली जनावर व्यवस्थापन कसरी गर्ने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको दशरथचन्द नगरपालिका(५ को कार्यालयले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।
प्रतिकृया दिनुहोस्