आजदेखि लकडाउन खुकुलो बनाउदै सरकार
२१ चैत्र, काठमाडौं ।
सरकारले लकडाउन आज शुक्रबारबाट केही खुकुलो बनाउने भएको छ ।
बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई संञ्चालन गर्न दिनेलगायतका निर्णय गरेसँगै लकडाउन केही खुकुलो हुने निश्चित हुने भएको हो ।
समितिको बैठकले उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पूरा गरि सञ्चालन गर्न दिने निर्णयसमेते गरेको छ । यस्त,ै ढुवानीलाई थप सहज बनाउने निर्णय गरेको छ । यसले ढुवानी सेवामा रहेका र खाद्यवस्तु ओसार(पसारलाई थप सहज बनाउनेछ ।
त्यसैगरी हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिइने भएको छ ।
अर्थमन्त्री तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले अब तामाकोशी, मेलम्चीलगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योगभित्र नै सुरक्षाको व्यवस्था मिलाइ काम गर्न सकिने बताएका छन् । ’औषधि, खाद्य सामग्री, इन्धनलगायतको आपूर्तिमा असहज नहोस् भनेर यस्तो निर्णय गरिएको छ,’ खतिवडाले भने ।
प्रतिकृया दिनुहोस्