प्रतिनिधिसभाको बैठक चैत ३० सम्मलाई स्थगित
२१ चैत्र २०७६
पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक लकडाउनका कारण चैत ३० गतेसम्मका लागि फेरि स्थगित भएको छ ।
चैत २३ गतेका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको उक्त बैठक कोभिड-१९ नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चैत ३० सम्मलाई सारेको हो।
संघीय संसदका कार्यवाहक महासचिव गोपालनाथ योगीले शुक्रबार सूचना टाँस गरेर बैठक स्थगित भएको सूचित गराएका हुन्।
‘कोभिड-१९ भाइरसको सम्भावित संक्रमणका कारण नेपाल सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाकको आवतजावतमा लगाएको प्रतिबन्ध यथावत राखेका कारण बस्न नसक्ने भएकोले’ बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ।
कोरोना त्रासका कारण संसद् बैठक चैत्र ७ गतेदेखि लगातार सूचनामार्फत स्थगित हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस्