April 18, 2025, Friday
[nepali_today_date]

लकडाउनबारे निर्णय लिन उच्चस्तरीय समितिको बैठक बस्दै

१३ बैसाख , काठमाडौं । 

Advertisement

आज कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा बसिरहेको छ। लकडाउन थप्‍ने समय र स्वरुपबारेमा निर्णय लिन बैठक बसिरहेको हो।

Advertisement


सरकारले जारी गरेको लकडाउन बैसाख १५ गते पूरा हुँदैछ । त्यसपछि लकडाउन कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वामा रहेको कोभिड-१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक अहिले बसिरहेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेल नेतृत्वको समितिलाई लक डाउनबारे छलफल गर्न जिम्मा दिएको थियो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका थिए ।

पछिल्लो पटक थपिएको लकडाउनको समय सोमवार राति १२ बजेबाट सकिँदैछ।   सरकारले चैत ११ गतेबाट लकडाउन घोषणा गरेको हो।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् ।