May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

चकलेट चोरि भएपछि सासंद प्रसाईको गुनासो : संसारको कुन एरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ

चकलेट चोरि भएपछि सासंद प्रसाईको गुनासो : संसारको कुन एरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ

नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सुटकेस फुटाएर चकलेट चोरिएको गुनासो गरेकी छिन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित उनले गुनासो गरेकी हुन् ।

Advertisement

उनले आफु आफन्तहरूसँग बाहिरी मुलुक भ्रमण सकेर विमानस्थल आएर सुटकेस लिने क्रममा सुटकेस फुटेको र चकलेट चोरी भएको अवस्थामा पाएको उल्लेख गरिन् । सांसद प्रसाईंले भनिन् ‘संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ । तर नेपालको एयरपोर्टमा यसरी फुटाइँदो रहेछ ।’

Advertisement

यसबारे गुनासो गर्दै उनले सरकालाई यस्ता घटनातर्फ ध्यानाकर्षण गर्न जोड दिईन् । साथै, उनले अध्यागमन विभाग र भन्सारका कर्मचारीलाई तालिम दिनुपर्न अवस्था रहेको उल्लेख गरिन् ।