April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सबैको ध्यान नेकपा सचिवालय तीरः नयाँ समिकरण देखि सत्ता बर्हिगमनसम्मको खेल

सबैको ध्यान नेकपा सचिवालय तीरः नयाँ समिकरण देखि सत्ता बर्हिगमनसम्मको खेल

बैंशाख, १७ काठमाण्डौ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । बुधबार(आज) साँझ ५ बजे बस्ने भनिएको बैंठकमा सबैको ध्यान त्यतै छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक बोलाइएको हो । यो बैंठक बोलाउँनुको भित्री करण नेताहरु विचमा असहमति नै देखिन्छ ।
पाटीभित्र आन्तरिक विवाद बढेपछि विवाद समाधानका लागि बैठक बोलाएको नेताहरूले बताउँदे आएका छन् । पार्टीमा २ समूह आ–आफ्नो गुट बलियो बनाउन सक्रिय छन् ।
प्रधानमन्त्री तथा पाटी अध्यक्ष केपी शर्मा ओलीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि नेकपाभित्र विवाद बढेको हो । सो अध्यादेश फिर्ता भएपनि नेकपाभित्रको विवाद भने साम्य भएको छैन । यसैलाई आधार बनाएर पाटीभित्र थुपै्रपल्ट कोठे बैंठक पनि बसेका छन् । अर्का अध्यक्ष पुष्पकमल दहाल र बरिष्ठ नेता माधब कुमार नेपाल समुह यही समय सत्ता परिवर्तनको खेलमा लागेको समेत आरोप लाग्दै आएको छ ।
पछिल्लो समिकरणमा समय नेताहरु सबै आफ्नो दाउमा लागेको समेत अरोप लग्दै आएको छ । यतिखेर सबैको आक्रोश प्रधानमन्त्री ओली माथि देखिन्छ । पटक पटक आफू ठगिएको अभिव्यक्ति दिँदै आएका उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्रीसँग आक्रोसित छन् । नेकपाका २० स्थायी कमिटी सदस्यले लिखित रुपमा नै स्थायी कमिटी बैठकका आह्वान गरिसकेका छन् । स्थायी कमिटीमा पनि अल्पमतमा रहेका प्रधानमन्त्री ओली कसैगरी पनि बैठक टाल्ने प्रयासमा छन् ।
तर, असन्तुष्ट समूह कसैगरी पनि प्रधानमन्त्रीका क्रियाकलापलाई अहिलेकै अवस्थामा छाड्न तयार छैन । त्यही बैठकको विषयलाई लिएर आज सचिवालय बैठक बस्न लागेको हो । हिजो आलटाल गरेका प्रधानमन्त्री ओलीले आजका लागि बैठक बस्न सहमति जनाएका हुन् । यद्यपि, साँझ बस्ने भनेको बैठक दिनभरिको राजनीति घटनाक्रमले कुन मोड लिन्छ त्यसमै निर्भर रहने देखिन्छ । आजको घटनाक्रमलाई केही नेताले सत्ता बर्हिगमनसम्मको अवस्था भनेर बुझेका समेत छन् ।

Advertisement