January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

कृष्णबहादुर महराको सांसद् पद निलम्बन

कृष्णबहादुर महराको सांसद् पद निलम्बन

बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद् पद निलम्बन भएको छ। संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार सूचना जारी गर्दै महराको सांसद पद निलम्बन भएको जनाएका छन् । ‘महानगरीय प्रहरी वृत, नयाँ बानेश्वर, काठमाडौंको गत असोज १९ गतेको प्राप्त पत्रबाट जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतबाट गत असोज १९ गते पक्राउ अनुमति प्राप्त भई काठमाडौं-४, बालुबाटारस्थित सभामुख निवासबाट उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम नियन्त्रणमा लिइएको व्यहोरा प्रतिनिधिसभाका माननीय उपसभामुखलाई जानकारी गराइएको हुँदा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उपनियम ३ को प्रयोजनको लागि सोही नियमावलीको नियम २४४ को उपनियम २ बमोजिम यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।  संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले उनीविरुद्ध प्रहरीमा यौन दुव्र्यवहारको उजुरी दिएकी थिइन्। त्यसपछि उनी असोज गत १९ गते पक्राउ परेका थिए।

Advertisement