May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

नेकपाको स्थायी कमिटी बैंठक स्थगितः भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण कारण

नेकपाको स्थायी कमिटी बैंठक स्थगितः भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण  कारण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको खतराको कारण देखाउँदै बैठक अन्तिम समयमा आएर स्थगित भएको पाटी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

Advertisement

कोरोना माहामारी भइरहेका बेला स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गरिएको पीसीआर रिपोेर्ट आइनपुगेकाले बैठक स्थगित गर्नुपरेको नेकपाले जनाएको छ ।
मंगलबार स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको स्रोतले बताएको छ । तर त्यो बास्तविक भाइरस नै हो की सत्ता किचलोका कारण बनाईए हल्ला चलाईएको हो खुल्न सकेको छैन् । बैठक आज ११ बजेलाई बोलाइएको थियो । तर डेढ घण्टा अघिमात्रै स्थगित गर्ने सूचना स्थायी समिति सदस्यहरुलाई पठाइएको छ । बैठक कहिले बस्ने भन्ने पनि खुलाइएको छैन ।

Advertisement

आफू अल्पमतमा रहेको स्थायी समितिको बैठकलाई अनावश्यक भन्दै टारिरहेका प्रधानमन्त्री ओली अचानक सार्न सफल भएको केही सदस्यको बुझाई छ ।
यस अगाडि आफ्नै दलका सांसदले सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्न अवरोध र्पुयाउने जोखिम देखेपछि ओली लत्रिएको नेकपा नेताहरु बताउँछन् ।

सरकारको नीति तथा कार्यक्रम २ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गर्दै्छिन् भने आर्थिक वर्ष २०७७÷०७८ को बजेट १५ जेठमा ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

पार्टीको आन्तरिक विवाद मत्थर नपारी संसदमा बजेट पेस गर्दा पारित गर्न मुस्किल हुने र त्यसले सरकारको वैधानिकतामा प्रश्न उठ्नसक्ने देखेर ओली बैठकका लागि तयार भएको एक थरी स्थायी समिति सदस्यले बताए । अर्कोथरी भने बजेट पछि ओली भैपरी आएमा सरकारबाट बाहिर तयार रहेको तर बजेट जसरी पनि ल्याउँने भन्ने अडानमा रहेको आकलन गर्छन् ।
सरकारले ८ वैशाखमा पार्टीमा सल्लाह नगरी दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाको आन्तरिक कलह चर्किएको थियो । स्थायी समितिका २० नेताले त्यसबारे छलफल गर्न अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हस्तार बुझाएका थिए । दबाब बढ्दै गएपछि सरकारले १२ वैशाखमा अध्यादेश फिर्ता लियो ।

तर, अध्यादेशले पारेको असर, सरकारको कार्यशैली लगायतका विषयमा छलफल गर्नको लागि नेताहरुले बैठक बस्नुपर्ने अडान कायम राखे । नेकपाको विधानमा २५ प्रतिशत नेताहरुले माग गरे स्थायी समितिको बैठक डाक्नुपर्ने प्रावधान छ । सोही अनुसार केपी ओली बैंठक राख्न बाध्य भएका थिए । तर एकाएक अन्तिम समयमा आएर बैंठक स्थगित गरिएको छ ।