May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको क्षेत्र समेटेर तयार बनाएकोनयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक

कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको क्षेत्र समेटेर तयार बनाएकोनयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक


कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको क्षेत्र समेटेर तयार बनाएको राजनीतिक तथा प्रशासनिक नक्सा आज औपचारिक रुपमा सार्वजनिक गरेको छ । लामो समयसम्म भारतले आफ्नो दाबी गरेको सो क्षेत्र समेटेर तयार बनाएको राजनीतिक नक्सा सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सार्बजनिक गरेकिहुन् । नक्सा सार्बजनिक गर्दे मन्त्री अर्यालले एतिहासिक तथ्यको आधारमा सरकराले नयाँ नक्सा सार्बजनिक गरेकी बताएकी छिन् । भारतीय अतिक्रमणमा परेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सा सत्यमा आधारित रहेर तयार पारिएको मन्त्री अर्यालले उल्लेख गर्नुभयो । सरकारको नीति तथा कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गर्ने कार्यक्रम परेकाले पनि सो नक्सा सार्वजनिक गरिएको हो । मन्त्री अर्यालले भारतसँग वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्ने बताइन ।


नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३ सय ३५ वर्ग्किलोमिटर छ । अतिक्रमित भू—भाग बाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । मन्त्रालयले अद्यावधिक, राजनितिक, प्रशासनिक संस्करणको नक्सा छिट्टै वेब भर्सन र हार्डकपी दुबै प्रकाशनमा ल्याइने तयारी गरेको जनाएको छ ।

Advertisement