January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

जनयुद्ध सुरु गर्नुअघि माओवादीद्वारा सरकारसमक्ष प्रस्तुत ४० सूत्रीय माग

जनयुद्ध सुरु गर्नुअघि माओवादीद्वारा सरकारसमक्ष प्रस्तुत ४० सूत्रीय माग

राष्ट्रि«यतास“ग सम्बन्धित माग
१. सन १९५० को नेपाल–भारत सन्धिलगायत सम्पूर्ण असमान सन्धि, सम्झौता खारेज गरिनुपर्छ ।
२. २०५२ माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धि अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धि तत्काल खारेज गरिनुपर्छ ।
३. नेपाल भारत खुला सीमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ । नेपालभित्र भारतीय नम्बर प्लेटका गाडी चलाउन तत्काल रोक लगाउनुपर्छ ।
४. गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ ।
५. नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारलाई काममा लगाउनुपर्दा वर्क परमिट लागू गरिनुपर्छ ।
६. नेपालका उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पु“जीको आधिपत्य अन्त्य गरिनुपर्छ ।
७. आत्मनिर्भर राष्ट्रि«य अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ ।
८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ । देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ ।
९. एनजीओ÷आईएनजीओ.आदिको नाउ“मा देशभित्र साम्राज्यवादी र विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्छ ।


जनतन्त्रस“ग सम्बन्धित माग
१०. जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निम्ति चुनिएका जनताका प्रतिनिधिद्वारा नया“ संविधान निर्माण गरिनुपर्छ ।
११. राजा र राजपरिवारका सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ ।
१२. सेना, प्रहरी, प्रशासन पूर्ण रूपले जनताको नियन्त्रणमा हुनुपर्छ ।
१३. सुरक्षा ऐनलगायतका सबै दमनकारी ऐन खारेज गरिनुपर्छ ।
१४. राजनीतिक प्रतिशोधका कारणले झुटा मुद्दामा फसाइएका रुकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछापलगायतका जिल्लाका बन्दी तत्काल रिहा गरिनुपर्छ र सबै झुटा मुद्दा खारेज गरिनुपर्छ ।
१५. जिल्ला–जिल्लामा भइरहेका सशस्त्र प्रहरी अपरेसन, दमन, राज्यआतंक तुरुन्त बन्द गरिनुपर्छ ।
१६. विभिन्न समयमा प्रहरी हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापामगर, प्रभाकर सुवेदीलगायतका व्यक्तिबारे निष्पक्ष छानबिन गरी अपराधीलाई कडा कारबाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्छ ।
१७. जनआन्दोलनको क्रममा मारिएका व्यक्तिलाई शहिद घोषणा गरिनुपर्छ, शहिदका परिवार तथा घाइते र अपाङ्गलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्यारामाथि कडा कारबाही गरिनुपर्छ ।
१८. नेपाललाई धर्म–निरपेक्ष राज्य घोषित गरिनुपर्छ ।
१९. महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिनुपर्छ ।
२०. सबै खाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ । जनजातिबहुल क्षेत्रमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ ।
२१. दलितमाथिको भेदभाव अन्त्य गरिनुपर्छ । छुवाछूत प्रथा पूर्ण रूपले बन्द गरिनुपर्छ ।
२२. सबै भाषा–भाषीलाई समान अवसर र सुविधा दिइनुपर्छ । उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्छ ।
२३. वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेन्टी हुनुपर्छ । सरकारी सञ्चारमाध्यम पूर्णरुपले स्वायत्त हुनुपर्छ ।
२४. बुद्धिजीवी, साहित्यकार, कलाकार र संस्कृतिकर्मीको प्राज्ञिक स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्छ ।
२५. पहाड र तराईको क्षेत्रीय भेदभावको अन्त्य गरिनुपर्छ । पिछडिएका इलाकालाई क्षेत्रीय स्वायत्तत्ता प्रदान गरिनुपर्छ । गाउ“ र सहरबीच सन्तुलन कायम गरिनुपर्छ ।
२६. स्थानीय निकायलाई अधिकार र साधनसम्पन्न कायम गरिनुपर्छ ।
जनजीवनको प्रश्नस“ग सम्बन्धित माग
२७. जमिन जोत्नेको हुनुपर्छ । सामन्तको जमिन जफत गरेर भूमिहीन तथा सुकुम्बासीलाई वितरण गरिनुपर्छ ।
२८. दलाल तथा नोकरशाही पु“जीपतिको सम्पत्ति जफत गरी राष्ट्रि«यकरण गरिनुपर्छ । अनुत्पादक क्षेत्रमा अल्झिएको पु“जीलाई औद्योगिकीकरणमा लगाउनुपर्छ ।
२९. सबैलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । रोजगारी नपाउन्जेल बेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ ।
३०. उद्योग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरको न्यूनतम ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ ।
३१. सुकुम्बासीलाई बसोबासको उचित व्यवस्था गरिनुपर्छ । वैकल्पिक बसोबासको व्यवस्था नगरी सुकुम्बासीलाई उठीबास गर्ने काम तुरुन्त बन्द गरिनुपर्छ ।
३२. गरिब किसानलाई पूर्ण रूपले ऋणमुक्त गरिनुपर्छ । कृषि विकास बैंकबाट साना किसानले लिएको ऋण मिनाहा गरिनुपर्छ । साना उद्योगीलाई समुचित कर्जाको व्यवस्था गरिनुपर्छ ।
३३. मल, बीउ सस्तो र सुलभ हुनुपर्छ । किसानलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ ।
३४. बाढीपीडित र सुक्खाग्रस्त क्षेत्रमा उचित राहतको व्यवस्था गरिनुपर्छ ।
३५. सबैलाई निःशुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था गरिनुपर्छ । शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ ।
३६. मह“गी नियन्त्रण गरिनुपर्छ । मह“गीको अनुपातमा ज्याला बृद्धि गरिनुपर्छ । दैनिक उपभोगका वस्तु सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने व्यवस्था गरिनुपर्छ ।
३७. गाउ“गाउ“मा खानेपानी, बाटोघाटो र बिजुलीको व्यवस्था गरिनुपर्छ ।
३८. कुटीर तथा साना उद्योगलाई विशेष सहुलियत र संरक्षण दिनुपर्छ ।
३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घुसखोरी, कमिसनतन्त्रको अन्त्य गरिनुपर्छ ।
४०. अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाको उचित संरक्षणको व्यवस्था गरिनुपर्छ ।

Advertisement