प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
कार्तिक ७, २०७६ काठमाडौै ।
असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् ।
बिहीबार कतार एयरवेजको जहाजबाट प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुतर्फ प्रस्थान गरेका हुन् । यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई लगायत पनि बाकु प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
प्रतिकृया दिनुहोस्