April 21, 2025, Monday
[nepali_today_date]

प्रधानमन्त्री चिकित्सकको ‘अब्जरभेसन’ मै, ः नेकपा नेताहरुले समेत भेट्न पाएनन्

Advertisement

२०७६ कार्तिक १४

Advertisement

काठमाडौं । स्वास्थ्य उपचारका लागि बुधबार राजधानीको ग्रान्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओली चिकित्सकहरुको ‘अब्जरभेसन’मा रहेका छन् । उनलाई कहिले सम्म अस्पतालमा राख्ने भन्ने बारेमा अझ्mै निक्र्यौल गरीसकीएको छैन ।

ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्रीलाई भेट्न नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल बिहीबार मध्याहृन अस्पताल पुगेको भएतापनी उनीहरुलाई प्रधानमन्त्रीलाइ भेट्न दिइएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

त्यसयता प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गर्दै आएका छन् । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्मा फेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गरिएको थियो ।