December 2, 2024, Monday
१७ मंसिर २०८१, सोमबार

सातै प्रदेशका प्रदेश प्रमुख हटाइए

सातै प्रदेशका प्रदेश प्रमुख हटाइए

१७ कात्तिक, २०७६ काठमाडौं । सरकारले राजनीतिक आस्थाका आधारमा सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आपलतकालिन मन्त्रीपरिषदको बैंठक बोलाएर राजनीतिक आस्थाका आधारमा नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । देउवा सरकारका पालामा नियुक्त भएका कारण नेकपा सरकारले राजनीतिक आस्थाका आधारमा प्रदेश प्रमुखहरुलाई हटाएको हो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।

Advertisement

मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो ।

Advertisement

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको उल्लेख छ । तर, संविधानको धारा १६५ ले सबै प्रदेशका प्रमुखहरु एकैसाथ पदमुक्त हुने परिकल्पना गरेको छैन ।

संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखहरुले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा पदमुक्त हुने व्यवस्था छ । सोही धाराको उपधारा १ को (ख) मा प्रदेश प्रमुखको पदावधि सकिनुअगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेकी हुन् ।

पदमुक्त भएका प्रदेश प्रमुखको सूची यसप्रकार छ–

१    प्रा.डा. गोविन्द बहादुर तुम्बाहाङ–    प्रदेश १
२    श्री रत्नेश्वर लाल (कायस्थ)–     प्रदेश २
३    श्री अनुराधा कोइराला– प्रदेश ३
४    श्री बाबुराम कुवंर–    गण्डकी प्रदेश
५    श्री उमाकान्त झा–  प्रदेश ५
६    श्री दुर्गा केशर खनाल–    कर्णाली प्रदेश
७    श्री मोहनराज मल्ल– सुदुर पश्चिम प्रदेश