सातै प्रदेश प्रमुखको नियुक्त, को को भए प्रदेश प्रमुख ?
१८ कात्तिक २०७६, काठमाठौं राष्ट्रपति बिद्यादेवी भण्डारीले सात ओटै प्रदेशको प्रमुख नियुक्त गरेकिछिन् । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति भण्डारीले केही सातै प्रदेशका प्रमुख नियुक्त गरेकिहुन् ।
नेपालको संबिधानमा सरकारको सिफारिशमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने ब्यवस्था रहेको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रदेश–१ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश–२ मा तिलक परियार, प्रदेश–३ मा बिष्णु प्रसाई नियुक्त हुनुभएका छन् । यसैगरी गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश–५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त भएकाहुन् ।
यसअघि आज दिउसो बसेको मन्त्रिपरिषद बैठकले सरकारले सात वटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदले दिउसो नै निर्णय गरेपनि साँझ पौने ६ बजे मात्रै राष्ट्रपति कार्यालयमा मन्त्रिपरिषदको सिफारिश पत्र पुगेको थियो । पत्र आएलगत्तै राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।
प्रतिकृया दिनुहोस्