एमाले र माओबादी कार्यकर्ता विच भक्तपुरमा भाले भिडन्त
१९ कात्तिक, २०७६ काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा हुने उपनिर्वाचनमा को शाक्तिसाली भदै एक एउटै पाटीका कार्यकता विच भिडन्त भएको छ । पूर्वमाओवादीलाई टिकट दिइएको विरोधमा पूर्वएमाले नेता–कार्यकर्ताले भक्तपुर जिल्ला पार्टी कार्यालयमा सोमबार तालाबन्दी गरेपछि पार्टी्भित्र भाँडभैलो मच्चिएको छ । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेकपा सचिवालयले देवीप्रसाद ढकाल (डीपी)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यो निर्णय फिर्ता लिनुपर्ने माग गर्दै असन्तुष्ट पूर्वएमालेका नेता–कार्यकर्ताले कार्यालयको मूलढोकामै ताला लगाएका हुन् । भक्तपुरको यो घटनाले पार्टी एकता भए पनि पूर्वएमाले र पूर्वमाओवादीबीच अझै मन नमिलेको स्पष्ट देखिन्छ । भक्तपुरमा ०७४ सालको चुनावमा माओवादीले पाएको टिकट तत्कालीन एमालेले जबर्जस्ती खोसेर लगेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । अहिले पनि त्यहाँ पूर्वमाओवादीलाई टिकट दिएकोमा पूर्वएमालेले नपचाएको गुनासो पूर्वमाओवादीका नेताहरुको छ । पूर्वएमाले र पूर्वमाओवादी एकताबाट नेकपा गठन भएपछि ढकाल भक्तपुरको पार्टी जिल्ला सचिव छन् । उनी पूर्वमाओवादी पृष्ठभूमिका हुन् । जेलनेल भोगेका उनी वर्षमान पुन अर्थमन्त्री भएका बेला उनका स्वकीय सचिव थिए । अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनविरुद्ध ढकालले बागी उम्मेदवारी दिएकाले उनलाई अहिलेको निर्वाचनमा टिकट दिन नहुने पूर्वएमालेका कार्यकर्ताहरुको तर्क छ । तर, पूर्वमाओवादीका नेताहरु भने ०७४ को चुनावमा डीपी ढकाल बागी उम्मेदवार नभएर एमालेका हरिशरण लामिछाने चाहिँ बागी भएको बताउँछन् । भक्तपुरमा नेकपामा कुरा नमिल्दा काग्रेसलाई चुनावी फाइदा पुग्ने गरेको देखिन्छ ।
प्रतिकृया दिनुहोस्