प्रधानमन्त्री छक्याउँदा सचिबालयका कर्मचारीको पद धरापमा, यस्तो थियो भित्री कारण
२३ कात्तिक, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सदस्यलाई राजीनामा दिन या त सच्चिन सुझाब दिनु भएको छ ।
सल्लाहकारले सिमित घेरामा बसेर काम गरेको, प्रधानमन्त्रीलाई उचित सल्लाह नदिएको जस्ता गुनासा प्रधानमन्त्री सम्म पुगेपछि प्रधानमन्त्री असन्तुष्ट हुदै राजिनामा दिन या त सच्चिन सुझाब दिएपछि सचिबालयका सदस्यहरु राजिनामा बुझाउने अवस्थामा पुगेका छन् ।
सल्लाहकारले बाहिरी जनमानसमाबाट आएका र आफ्नै पाटीका संगठित सदस्यबाट आएका बास्तविक गुनासालाई प्रधानमन्त्रीसम्म नपु¥याउने गरेको प्रधानमन्त्रीले थाहा पाएपछि ओली आफ्नै सचिवालयका सदस्य देखि रुष्ट हुनुहुन्थियो । यति सम्मकी ग्राण्डी इन्टरनेश्नल अस्पतालमा मृगौला उपचार गर्न जाँदा प्रधानमन्त्रीको बस्तविक अवस्था बाहिर ल्याउने रोक लागाइएको थियो । स्रोतका अनुसार त्यो प्रधानमन्त्रीको चहाना बिपरित सल्लाहकारको सुझाबमा आधारित थियो । जस्को परिणाम आममानसलाई प्रधानमन्त्रीको स्वास्थ उपचारको कुरा समेत जान्ने अधिकारबाट बन्चित गेरिएको थियो । त्यस्ले समाजिक सन्जाल लगायत आमजनतामा चर्को अक्रोस पैदा गरेको थियो । यो त सार्बजनिक केशमा मात्र भयो । भित्र भित्रै केही सल्लाकारले आफ्नो दुनो सोझ्याउने काम समेत गरेको प्रमाण मन्त्रीहरुले नै प्रधानमन्त्रीलाई रिपोटिङ गरेका थिए । सचिबालय पछिल्लो समय यती शाक्तिशाली भएको थियो कि विगत डेड बर्षमा प्रधानमन्त्रीकै पुराना सहकर्मीले समेत प्रधानमन्त्रीलाई भेट्ने र आफ्ना गुनासा राख्ने अवसर पाएका थिएनन् । जुन कुरा विरामी भेटको अवसरमा प्रधानमन्त्रीलाई आफ्ना सहकर्मीले स्वंम भनेका थिए ।
प्रधानमन्त्री नै असन्तुष्ट भएपछि सचिबालयका कर्मचारी सल्लाकार अप्ठेरोमा परेका छन् । प्रधानमन्त्रीको आक्रोसपछि सचिवालयका कर्मचारीलाई समेत राजिनामा दिने दवाव परेको छ । मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैलाई राजीनामा दिन दवाव गरेको छ । आवश्यक परे सबै सल्लाहकारले एक चोटी राजिनामा पनि दिन सक्ने एक प्रधानमन्त्रीका सचिबालयका सदस्यले बताएका छन् । प्रधानमन्त्रीले आफ्ना सचिबालयका सदस्यबाट सकारात्मक सुझाब राखेपनि सो नभएपछि केही सदस्यलाई यस अगाडिनै राजिनामा दिनलगाउने सोचमा भएपनि पाटी भित्रै असन्तुष्टी आउने डरले मागेका थिएनन् । तर पछिल्लो समय हद पार गरेको प्रमाण भेटेपछि सबैलाई राजिनामा दिन सल्लाह दिए बमोजिम राजिनामा लेखेर खल्तीमा बोकेर हिडेका हुन् । उनीहरुले मंसिर एक गेत सम्म प्रधानमन्त्रीलाई फकाउने भनए राजिनामा बुझाएर घर फर्कने सम्मको योजना बनाएको खुुल्न आउको छ । प्रधानमन्त्री असन्तुष्ट नहुनु भएका केही सदस्यको भने पद धरापमा नपर्ने ति सदस्यल दबी गरेका छन् ।
प्रतिकृया दिनुहोस्