January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

बंगलादेशका राष्ट्रपति हमिदलाई लिन पुगिन् विद्मा आफै

बंगलादेशका राष्ट्रपति हमिदलाई लिन पुगिन् विद्मा आफै

२६ कात्तिक २०७६, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्बद अब्दुल हमिद चार दिने ओपचारिक सद्भावना भ्रमणमा नेपाल आएका छन् । उनको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमै पुगेकी छिन् । त्यस्तै, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना पनि विमानस्थल पुगेका छन् । तिन दशकपछी बंगलादेशी राष्ट्रपती नेपाल भ्रमणका लागि आएका हुन् ।

दुई मुलुकबीच ऊर्जा सहायता सम्झौता अघि बढाउन दुवै देशलाई लाभको अवस्था सिर्जना हुने खालको सम्झौतामा हस्ताक्षर गर्ने नीति दुबै देशले लिएका छन् । नेपाल र बंगलादेशबीच व्यापारका अतिरिक्त ऊर्जा, पर्यटन, लगानी, पारवहनका क्षेत्रमा सहकार्य गर्ने प्रयास भइरहेको छ । नेपाल र बंगलादेशले भारतसँग मिलेर ऊर्जा व्यापार, पारवहन तथा ‘मोटर भेहिकल एग्रिमेन्ट’ कार्यान्वयनमार्फत उपक्षेत्रीय सहकार्यलाई अघि बढाउन सक्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, ढाका–काठमाडौं बस सेवा सञ्चालन गर्न भएको पत्र आदानप्रदान (लेटर अफ एक्स्चेन्ज) लाई कार्यान्वयनमा लैजान बंगलादेशी राष्ट्रपति हमिदको भ्रमणका क्रममा सम्झौता हुने तय भएको छ ।

Advertisement