Banijya News

काठमाडौं आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री

1
1.0K Shares

भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका हुन् ।

भ्रमणका क्रममा राई र मिस्रीबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा छलफल हुनेछ ।

मिस्रीले नेपाल बसाइका क्रममा उच्च पदस्थ व्यक्तिहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्रालयको कार्यतालिकाअनुसार उनी कात्तिक १९ गते बिहीबार काठमाडौंबाट नयाँ दिल्ली फर्कनेछन् ।

1

Scroll to Top