ठेकी लिएर पोखराबाट फर्किए राष्ट्रपति हमिद
२९ कात्तिक २०७६, काठमाण्डौ । नेपाल भ्रमणको क्रममा रहेका राष्ट्रपति हमिद पोखरा पुगेका छन् । उनले पोखराबाट देखिने हिमश्रृंखलाको दृश्यावलोकन गर्दै रुपाकोट पुगेर बेगनास ताल र रुपातालको अवलोकन गर्नुको साथै पोखराको पुर्वी भागमा रहेको रुपाकोट रिसोर्टबाट दृश्यावलोकन समेत गरेका थिए ।
राष्ट्रपतिलाई नेपाली कला र संस्कृति अनुसार मुस्लिम समुदायको झाँकी, गुरुङ समुदायको सोरठी, घाटु, मारुनी र शिल्पी समुदायको पञ्चेबाजा लगायतले स्वागत गरिएको थियो ।
राष्ट्रपतिलाई बिदाई गर्दा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले दारको ठेकी उपहार दिए । जुन ठेकी पोखरामा झण्डै पन्ध्रसय वर्ष अगाडि बाट बनाएर विक्री गर्ने गरिन्छ । त्यही भएर गाउँको प्रतिनिधित्व गर्दै सबैभन्दा पुरानो शिल्पकला उपहार दिइएको हो ।
प्रतिकृया दिनुहोस्