April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

प्रदेश राजधानी टुंगो लगाउन प्रदेश नम्बर ५ को मतदान प्रक्रिया सुरु

प्रदेश राजधानी टुंगो लगाउन प्रदेश नम्बर ५ को मतदान प्रक्रिया सुरु

काठमाडौं । प्रदेश नम्बर ५ को नामकरण र प्रदेश राजधानी टुंगो लगाउन मतदान प्रक्रिया सुरु भएको छ । हिजो कुर्शी तोडफोड गर्न अगाडि तम्सेको नेपाली काग्रेश पनि मतदानमा भाग लिदैछ ।
प्रदेशसभामा पेस भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले र विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलले आ–आफ्ना सांसदहरुका लागि ह्विप जारी गरेको छ ।


प्रदेशका कुल ८७ सांसदमध्ये ६१ जना नेकपाका मात्रै छन् । यस्तै कांग्रेसका १९ सांसद छन् । जसमध्ये केहीले पार्टीले लगाएको ह्विप नमान्ने घोषणा नै गरिसकेका छन् । यदपी नेकपाका संसदको दुई तिहाई भएका कारण राजधानी दाङले नामाकरणले मान्यता पाउँने छ ।

Advertisement