कालापानी भारतकै भएको मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतको दाबी
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी भारतको भूमि भएको र सो नेपालले फिर्ता लिन नसक्ने बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सार्वजनिक कार्यक्रममा भारतलाई कालापानीबाट भारतलाई भारीय सेना फिर्ता लैजाने आग्रह गरेको २४ घण्टा नबित्दै उत्तराखण्डका मुख्यमन्त्री रावतले यस्तो बताएका हुन् । उनले भारतीय मिडिया अमर उजालासंग कुरा गर्दै मुख्यमन्त्री रावतले कालापानी क्षेत्र भारतकै हिस्सा रहेको र भारतकै रहने बताए । नेपालले भनेको कुरा चिन्ताजनक भएको भन्दै उनले यसबारे वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए ।
भारतले कालापानी–लिपुलेक क्षेत्रलाई आफ्नो भूभागमा समेट्दै एकतर्फी रुप्मा नक्सा सार्वजनिक गरेपछि नेपालमा भारतको विरुध भइरहेको छ । पछिल्लो पटक प्रधानमन्त्री ओलीले भारतलाई कालापानी क्षेत्रबाट हटाउन सार्वजनिक अभिव्यक्ति दिएपछि भारतमा तरंग फैलिएको छ ।
प्रतिकृया दिनुहोस्