नेकपाको बैंठकपछि नयाँ मन्त्री
०४ मंसिर, २०७६
प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक परामर्शमा जुट्नुपर्ने भएकाले नयाँ मन्त्री छान्नको लागि बोलाइएको नेकपा सचिवालय बैठक १२ बजे सम्मको लागि सरेको छ । बुधबार बिहान ९ बजेको लागि बोलाइएको सचिवालय बैठक सारेर १२ बजेसम्मको लागि तय गरिएको हो । नेकपा नेता झलनाथ खनालले १२ बजेका लागि सारिएको बताए । आजै मन्त्रिमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री छन् । मंगलबारको क्याबिनेट बैठकमा ओलीले मन्त्री फेर्न लागेको बताएका थिए । सोही अनुसार तयारी तीब्र पारिएको हो । बाह्र बजे नेकपाको बैठक बसेर मन्त्रीको अन्तिम टुङ्गो आजै मन्त्री फेरबदल हुने तयारी प्रधानमन्त्रीले गरेका छन् ।
प्रतिकृया दिनुहोस्