January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

प्रचण्ड अव नेकपाको कार्यकारी अध्यक्ष

प्रचण्ड अव नेकपाको कार्यकारी अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ । यो सँगै पूर्व एमालेको नेतृत्व पनि सकिएको छ भने विधिवत् रुपमा अव पूर्व नेकपा (माओबादी) पाटीमा हावी भएको छ ।

साउन अन्तिम साता दुई अध्यक्षबीच कार्यविभाजन गर्ने र त्यसमा एकले सरकारको नेतृत्व र अर्काले पार्टीको नेतृत्व गर्ने आपसी सहमति भएको थियो । सोही सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।

नयाँ कार्यविभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिने पनि निर्णय भएको पाटी महासचिव विण्णु पौडलेले बताउँनु भयो ।

Advertisement