January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

मंसिर १४, काठमाडौँ ।
नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङहेले प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षामन्त्री वेईले प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न प्रधानमन्त्री ओलीसँग भेटघाट गरेकोे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उक्त भेटमा दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको उनले बताए ।

आइतबार बिहान ११ बजे रक्षामन्त्री वेई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत उपस्थित भएका थिए । रक्षामन्त्री वेई २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट नेपाल आएका थिए ।

Advertisement