April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नेकपा सचिवालय बैठक आज बस्दै , दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल

मंसिर १६, काठमाडौं ।
सत्तारुढ नेकपाको सचिालय बैठक आज बस्दै छ । सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्न लागेको हो । सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएको छ ।

निकासका लागि अहिलेसम्म विकल्पबारे दुवै पक्षका नेताहरूबीच औपचारिक र अनौपचारिक संवाद नभएका कारण प्रतिवेदनमाथिको छलफलकै क्रममा नेताहरूले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए।

त्यसको जवाफमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिक रुपमा प्रवेश पाएका छन् । आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि अर्का अध्यक्ष प्रचण्डले बुँदागत रूपमा जवाफ दिँदै छन् ।

Advertisement