April 21, 2025, Monday
[nepali_today_date]

मेनपावर ब्यावसायीले लखेटे श्रममन्त्री विष्टलाई

मेनपावर ब्यावसायीले लखेटे श्रममन्त्री विष्टलाई

बुधबार, ४ मंसिर, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेखि भण्डारीकोमा पठाएको मन्त्रीपरिषद पुर्नगठनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको नाम छैन् । यसअघि मन्त्री हुँदा देशैभरीबाट वाहवाही कमाएमा मन्त्री विष्टले अहिले पनि राम्रा काम गर्ने ठूलै प्रयास गरे । जुन क्षेत्रमा हात हाले त्यो क्षेत्रमा आफू अडिक रह्रे । विशेषगरी कामदारको हित हुने कामबाट उनी एक इन्चपनि पछि सरेनन् । मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम इतिहासकै सफल कार्यक्रमका रुपमा प्रस्तुत गरे । केही आलोचकले उनलाई प्रधानमन्त्रीको फोटो पोलमा झुण्डाएको भने त कतिले अब्यवहारिका घोषणा भने तर यथार्थमा त्यो एक ऐतिहासिक कदम थियो । गत श्रावण १ गतेबाट कार्यान्वयनमा ल्याइएको सामाजिक सुरक्षा योजनामा करिव १३ करोड निक्षेप संकलन भएको छ । त्यसैगरी १ लाख १० हजार योगदानकर्ताहरुले त्यस योजनामा सहभागिता जनाएका छन् ।
पीडित कामदारको पक्षमा र विशेषतः सुरक्षित–व्यवस्थित वैदेशिक रोजगारका पक्षमा मन्त्री विष्टका निर्णय, निर्देशन र अडान ‘स्थिर’ बनेको समय उनको पद घुमेको हो  । यही अडानकै कारण म्यानपावरको विशिष्ट र बलिष्ठ सञ्जालले मन्त्रीपद खुस्काएको पहिचान नखोल्ने शर्तमा एक ब्यावसायी बताउँछन् । उनी भन्छन्–‘मन्त्रीबाट हटाउँन मेनपावर ब्यावसायीले ठूलै समुहको पहिचालन र रकम खर्च गरेका छन् ।’
विशेषगरी मलेसिया रोजगारीमा फसेका श्रममन्त्री विष्टलाई विनाकारण मलेसिया रोजगारी बन्द गरेको, आफु अनुकुल भेन्डर फेर्न प्रयास गरेको र काम भन्दा हल्ला गर्न उद्यत रहेको भन्दै मेनपावर ब्यावसायीले बारम्बार प्रधानमन्त्रीको कान फुक्ने गरेका थिए । आसेपासेको पासोमा फस्दा र आफु सरोकारित क्षेत्रका व्यवसायीहरुबाट टाढा बन्ने कोशिसले अन्तत ः मन्त्री विष्ठको पदनै खुस्केको छ । उनको पद खोस्नको लागि मेनपावर ब्यावसायीले विशेष रोल खेलेको ति ब्यावसायी बताउँछन् ।
एउटा कामदारले वैदेशिक रोजगारको गन्तव्यसम्म पुग्न काठमाडौंमा ६÷७ वटा निकायमा धाएरै महिनौं बिताउनुपर्ने अवस्था अझै छ । तीनकुने, बानेश्वर, सोल्टीमोड हुँदै अज्ञातस्थलसम्म धाएर मात्रै ‘कागजी कामदार’ बन्न सकिने यथास्थितिमा श्रम–रोजगारको यि सबै भाँडो बन्द गर्ने तयारीमा रहेका विष्टलाई मौका आउनासाथ ब्यावसायीले मिलेर लखेटेको उनको तर्क छ ।

Advertisement