March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेपाल महिला संघद्धारा गृहमन्त्री थापाको राजीनामा माग

नेपाल महिला संघद्धारा गृहमन्त्री थापाको राजीनामा माग

मंसिर १८, काठमाडौं ।
नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । संघले बिहीबार विज्ञप्ति जारी गर्दै तनहुँमा पुल उद्घाटन गर्न गाएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत पूर्ण रुपमा दुर्व्यवहार गरेको भन्दै गृहमन्त्रीको राजीनामा मागेको हो ।

अध्यक्ष उमा रेग्मीले जारी गरेको विज्ञप्तिमा घटनालाई लोकतन्त्रको खोल ओडेर गरिएको बर्बर तानाशाही आक्रमण र लोकतन्त्रमाथिको प्रहार भन्दै यस्तो कदमविरुद्ध सडक आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । बुधबार कांग्रेसका वरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न जाँदा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएर तीन घण्टापछि मात्रै छोडेको थियो ।

Advertisement