March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेकपामा विवाद चर्किरहेका बेला राष्ट्रपतिसँग ओली र प्रचण्डको भेटवार्ता

नेकपामा  विवाद चर्किरहेका बेला  राष्ट्रपतिसँग ओली र प्रचण्डको  भेटवार्ता

मंसिर १८, काठमाडौं
सत्तारुढ दल नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच विवाद चर्किरहेका बेला बिहीबार दुई अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

Advertisement

पछिल्लो समय नेकपामा देखिएको विवादका कारण ओली र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री तथा ओलीले राष्ट्रपतिलाई बिहीबार बिहान भेटेका थिए । अहिले देखिएको नेकपा विवादमा प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने अध्यादेश ल्याउन सक्ने अनुमान गरिएकाले यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

Advertisement

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि शीतलनिवास पुगेको स्रोतले बतायो । नेकपाको विवादका कारण पछिल्लो समय अध्यक्ष दाहालले आफू घेराबन्दी परेको बताउँदै आएका छन्। स्रोतका अनुसार राष्ट्रपति भण्डारी र प्रचण्डबीच करिब १ घण्टा कुरा भएको छ ।

उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । नेकपामा अहिले दुई अध्यक्षले पेश गरेका छुट्टा छुट्टै राजनीतिक प्रस्ताव छन् । प्रचण्डको प्रस्तावमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले त्याग गर्नुपर्ने प्रस्ताव छ भने ओलीको प्रस्तावमा कुनै त्याग नगर्ने बरु महाधिवेशनमा केन्द्रित हुने प्रस्ताव छ ।