January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

पूर्वराजा शाहाले ‘देशले मागेको सहयोग गर्ने‘ निकाले यस्तो विशेष सन्देश

पूर्वराजा शाहाले ‘देशले मागेको सहयोग गर्ने‘ निकाले यस्तो विशेष सन्देश

देशभर राजतन्त्रको पक्षमा आन्दोलन चलिरहेको समय पूर्वराजा ज्ञानेन्द्रवीरविक्रम शाहले आज बक्तय निकालेका छन् । देशवासीलाई बक्सेको विशेष सन्देशको केही अंश –

Advertisement


प्यारा देशवासी दिदीबहिनी तथा दाजुभाई,
हाम्रा सवै मित्र, सहयोगी तथा शुभचिन्तकहरूलाई आफ्ना व्यक्तिगत तुष्टी, पूर्वाग्रह र अनावश्यक शंका-उपशंका गर्नबाट टाढै रही ’देशले माँगेको सहयोग गर्न’ म सवैमा विनम्रतापूर्वक अनुरोध गर्दछु ।

Advertisement


अहिलेको समय नेता वा नेतृत्वको खोजी गर्ने बेला होइन, बरु आफूले सदैव विश्वास गरेको आस्थाकेन्द्र बारे अन्तरमनले हेर्ने र उनको आवाज सुन्ने बेला हो ।केही प्रश्नहरू भए तपाईहरूले छातीमा हात राखेर आफ्नो मनलाई सवैभन्दा पहिले सोध्ने, र मनका कुरा सुनेर आफ्नो निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेको छ । अव तपाईहरूसमक्ष आफ्नो देशभक्ति प्रदर्शन गर्ने चुनौति आएको छ !


आ-आफ्नो सामर्थ्य र गच्छेअनुसार जे-जस्तो तरिकाले भए पनि आफ्नो अटल समर्थन र विश्वास अभिप्रकट गर्न तपाईहरूले आम जनसमुदायको आकाँक्षालाई सफलीभूत पार्न जनताले चालिरहेका कदमहरूलाई साथ दिनुहुनेछ भन्ने कुरामा म दृढविश्वस्त छु ! कृपया, यो आव्हानलाई तपाईहरूले आफ्नो मातृभूमीको पूकार सम्झिनु होला ! जय देश !