January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेकाे प्रतिवेदन स्थायी कमिटीमा पेश हुने

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेकाे प्रतिवेदन स्थायी कमिटीमा पेश हुने

काठमाडौं,  मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे  शनिबार  बसेकाे  सचिवालय  बैठकले यसअघी  अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेकाे प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।

Advertisement

नेकपा सचिवालय बैठकले पूर्वनिर्धारित समय भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ ।

Advertisement

‘पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकमीसँग भने, ‘यसका लागि अहिलेसम्म सचिवालयमा पेश भएका प्रस्तावमाथि सार्थक छलफल गरी निष्कर्ष निकालिनेछ ।’

सचिवालयको बैठक अगाडि दुई अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।