April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै

मंसिर २१, काठमाडौं ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे धुम्बराहीमा बस्दै छ । पार्टीका दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन शनिबार बसेको सचिवालय बैठक असफल भएसँगै नेकपाभित्रको विवाद झन् पेचिलो बन्दै स्थायी कमिटी बैठक बस्न लागेको हो ।

Advertisement

आज तय गरिएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै यसअघि सचिवालय बैठकमा ल्याएको ‘प्रस्ताव’मा छलफल हुने बताइएको छ ।

गत कात्तिक २८ गते सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि दर्जनौँ आरोप लगाउँदै राजनीतिक प्रस्तावको नाममा ‘पत्र’ पेश गरेपछि अध्यक्ष ओलीले त्यसको १० दिनपछिे मंसिर १३ को सचिवालय बैठकमा प्रचण्डको आरोपको ‘प्रत्युत्तरपत्र’ को नाममा जवाफ फर्काएपछि नेकपाभित्रको विवाद थप चर्किएको हो ।

आजका लागि स्थायी कमिटी बैठकमा जान ओलीले चाहेका छैनन् । कार्यसूची तय नगरी स्थायी कमिटी बैठक बोलाइएकोमा प्रधानमन्त्री असन्तुष्ट रहेको स्रोतले बतायो । पहिलो दिनको स्थायी कमिटीको बैठकमा सदस्यहरुलाई ओली र प्रचण्डका प्रस्ताव वितरण गर्ने र केही दिनका लागि पढ्न समय दिने सचिवालयका नेताहरुको तयारी छ । यसअनुसार स्थायी कमिटी बैठक केही दिन लम्बिने देखिएको छ ।