January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

नेकपा स्थायी कमिटी बैठक ७ दिनका लागि स्थगित, केन्द्रीय कमिटी बैठक पनि सर्‍यो

नेकपा स्थायी कमिटी बैठक ७ दिनका लागि स्थगित, केन्द्रीय कमिटी बैठक पनि सर्‍यो

मंसिर २१, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक ७ दिनका लागि स्थगित भएको छ । आन्तरिक विवादका विषयमा छलफल गर्न बसेको स्थायी कमिटीको बैठक आगामी मङ्सीर २८ गते सम्मको लागि स्थगित गरिएको हो ।

आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक स्थगित भएको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । बैठकले आगामी २५ गते बोलाईएको केन्द्रीय कमिटी बैठक पनि सार्ने निर्णय गरेको छ । बैठक पुस ५ गते बस्ने कार्यसूची निर्धारण गरेको छ ।

Advertisement