January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

स्थायी कमिटीमा अनुपस्थित ओलीले पठाए अर्को पत्र, प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन[पत्रको पूर्णपाठ]

स्थायी कमिटीमा अनुपस्थित ओलीले पठाए अर्को पत्र, प्रचण्डको प्रस्तावमा छलफल गर्न सकिँदैन[पत्रको पूर्णपाठ]

मंसिर २१, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘आफुमाथि निराधार आरोप’ लगाएको पत्र फिर्ता नलिएसम्म बैठकमा नआउने भन्दै लिखित पत्र स्थायी समिति बैठकमा पेश गरेका छन् ।

Advertisement

आइतबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र पढेर सुनाएका थिए । प्रधानमन्त्रीको पत्रमा दुवै प्रस्ताव छलफलको अजेन्डा नबनाई सहमतिको आधारमा एकल दस्तावेज बनाउनुपर्ने प्रस्ताव बैठकसमक्ष राखेका छन् ।

Advertisement

पत्रमा ओलीले यसअधि दाहालले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने बताएका थिए । शनिबार बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।

पत्र यस्ताे छ :