January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु

मंसिर २२, काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ । समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ ।

पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको छ । यस्तै बैंठमा नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो । चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ ।

Advertisement