September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

आधिकारिक नेकपा हामी नै हौँ, सूर्य चिह्न हाम्रै हो : प्रचण्ड

आधिकारिक नेकपा हामी नै हौँ, सूर्य चिह्न हाम्रै हो : प्रचण्ड

पुस २८, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (दाहाल –नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूर्य चिह्न र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम आफ्नै समूहको हुने दाबी गरेका छन् । पोखरामा भएको गण्डकीस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले आधिकारिक नेकपा र सूर्य चिन्ह पनि आफुहरुकै समूहको हुने दाबी गरेका हुन् ।

उनले हिजो निर्वाचन आयोगसँग कुराकानी गर्दा आयोगले न्याय गर्ने विश्वास व्यक्त गरे । ‘हामीसँग ७० प्रतिशत केन्द्रित सदस्य छन् । हामीले निर्वाचन आयोगमा गएर विगतको नजिरसमेत राखेका छौँ,’ दाहालले भने, ‘मलाई विश्वास छ कि निर्वाचन आयोगले निष्पक्ष निर्णय गर्छ । सूर्य चिह्न हाम्रै हुन्छ नेकपा हाम्रै हुन्छ ।’ यदि कसैले छल गरेमा आँधीहुरी सिर्जना हुने उनको चेतावनी छ । आयोग यो विषयमा गम्भीर भएको उनको भनाइ छ ।

Advertisement

यस्तै जनताले चुनेर पठाएको सार्वभौम संसदमा पार्टीको विवादलाई लिएर संविधानमाथि प्रहार गर्न नमिल्ने उनको दाबी थियो । आफ्नो साथ छाडेका नेताहरुलाई दाहालले बिहान रिसाएर हिँडेका छोराछोरीको संज्ञा दिए । ’बिहान रिसाएर हिँडेका छोराछोरीलाई आमाले उस्तै माया गर्छिन, उनले भने, ’बिहान रिसाएर हिँडे पनि बेलुका फर्किँदा हामी उनीहरुलाई त्यस्तै स्वागत गर्न तयार छौँ ।