March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक बस्दै

नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक बस्दै

माघ २, काठमाडौं ।
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्ली स्थित हैदरावाद हाउसमा बस्दैछ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नै नयाँदिल्ली गएका थिए ।

नेपाली टोलीमा मन्त्री ज्ञावली सहित टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल ,राजदूत निलाम्बर आचार्य ,स्वास्थ्य सचिव लक्ष्मण अर्याल परराष्ट्र मन्त्रालयको दक्षिण एशिया हेर्ने महाशाखा प्रमुख यज्ञवहादुर हमाल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल लगाएत सहभागी छन् । नेपाली अधिकारीहरूका अनुसार संयुक्त आयोगको बैठकमा सीमा विवाद समाधान, इपिजी प्रतिवेदन ग्रहणलगायत कोभिड –१९ विरुद्धको खोप, ऊर्जा, कनेक्टिभिटीलगायत ४० भन्दा बढी विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्ध खोपमा सहकार्यको मोडालिटीबारे पनि बैठकमा छलफल हुनेछ । नेपाली पक्षले बैठकमा सीमा विवादलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

यद्यपि भारतीय पक्ष भने सीमा विवादलाई सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपले आफ्नो काम पूरा गरेपछि मात्र मन्त्रीस्तरीय आयोगको बैठकमा विस्तृत रुपमा छलफल गर्ने पक्षमा छ । बिहीबार साँझ भारतको विदेशमन्त्रालयले पनि त्यही धारणा सार्वजनिक गरेको थियो । आयोगको बैठकलगत्तै दिउँसो ३ः३० मा नयाँदिल्लीस्थित भारत सरकारको थिंक ट्याकं परराष्ट्र मामिलासम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीडब्लू) मा आयोजना गर्ने नेपाल–भारतसम्बन्धी विषयक कार्यक्रमलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।

Advertisement