April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

काँग्रेसको देशभर विरोध प्रदर्शन सम्पन्न

काँग्रेसको देशभर विरोध प्रदर्शन सम्पन्न

काठमाडौं, ३ माघ । नेपाली काँग्रेसले देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गरिरहेको छ । आज विहान काँग्रेसले देशभर विरोध प्रदर्शन गरेको हो । प्रतिनिधि सभा बिघटनलाई असंवैधानिक भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै आएको छ । प्रदर्शनसँगै विरोध सभामा केन्द्रीय नेताहरु समेत सहभागी भइरहेका छन् ।

सभापति शेरबहादुर देउवाले काठमाडौंका विभिन्न स्थानीय निकायमा सम्बोधन गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल चितवनको शारदानगर पुगेका छन् । महामन्त्री डा. सशांक कोइराला नवलपुरको देउचुली पुगेर कार्यक्रममा सहभागी भएका छन् । काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिहले काठमाडौं महानगरपालिकामा हुने विरोध सभापछि बसन्तपुरको सभालाई सम्बोधन गर्दैछन् । डा. शेखर कोइराला मोरङ पुगेका छन् । डा. मिनेन्द्र रिजाल बाँके र प्रदीप पौडेल विराटनगर पुगेका छन् ।


अर्जुननरसिंह केसी र डा. रामशरण महत नुवाकोट पुगेका छन् । धनराज गुरुङ चितवनको खैरेहनी पुगेका छन् । गुरुराज घिमिरे र नैनसिंह महर काभ्रे पुगेका छन् । काँग्रेस केन्द्रीय सदस्य एनसपी साउदले ललितपुरको महालक्ष्मी नगरपालिका अन्र्तगत लुभुको सभालाई सम्बोधन गरेका छन् । विश्वप्रकाश शर्मा भक्तपुरको सभालाई सम्बोधन गर्न पुगेका छन् ।

Advertisement