September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

प्रतिनिधिसभा विघटन विरूद्ध जसपाले देशभर प्रदर्शन गर्ने

प्रतिनिधिसभा विघटन विरूद्ध जसपाले देशभर प्रदर्शन गर्ने

माघ ७, काठमाडौं ।
संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले बुधवार (आज) देशभर जनसभा गर्ने भएको छ । संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको जसपाले आज देशभर प्रदर्शन साथै जनसभा गर्न लागेको हो ।

जसपाका अध्यक्ष बाबुराम भट्टराईले टिकापुरमा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन । अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीको प्रतिगमन विरुद्ध आज देशभर जनसभा हुने जनाएका छन । भट्टराईले सबैलाई जनसभामा उपस्थित हुन आग्रह समेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

Advertisement

प्रधानमन्त्रीले आफू बाध्यकारी अवस्थामा पुगेका कारण प्रतिनिधि सभा विघटन गरेको भन्ने अभिव्यक्ति दिँदै आएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलहका कारण पार्टी अहिले दुई समूहमा विभाजन भएको छ । नेकपाको प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस, जसपा लगायतका पार्टीले सडक आन्दोलनको घोषणा गरेका छन् ।