March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

ओलीले प्रचण्ड र मलाई जेल कोच्ने योजना बनाएः माधव नेपाल

ओलीले प्रचण्ड र मलाई जेल कोच्ने योजना बनाएः माधव नेपाल

माघ ७, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्माले आफू र पुष्पकमल दाहाल प्रचण्डलाइ जेल हाल्ने योजना बनाएको बताएका छन् । दरबारमार्गस्थित एक होटलमा बुधबार बिहान सम्पादकहरुसँग भएको छलफलमा अध्यक्ष नेपालले बालुवाटारस्थित ललिता निवास प्रकरणलाई लिएर प्रधानमन्त्री जेल हाल्ने योजना बनाएको बताएका हुन् ।

‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएका थिए । ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो’, उनले आफू केपी ओली जस्तै नभएको पनि उनले जिकिर गरे । ’केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ, मेरो मनमा पीडा हुन्छ’, उनले अगाडि थपे, ’यदि मबाट गल्ती भएका छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन, मेरो आत्माले पनि मान्दैन ।’

ओलीका कारण अनेक हण्डर भोगेर आफूहरुको बिजोग नै भएको उनले बताएका हुन् । बालुवाटारको ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । तर, यो पक्ररण नेपाल प्रधानमन्त्री हुँदा नै अघि बढ्दा पनि उनीविरूद्ध भने मुद्दा लागेको थिएन ।

Advertisement