September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

संसद विघटनविरुद्ध भोलि हुने प्रदर्शनमा सहभागी हुन देउवाको अपील

संसद विघटनविरुद्ध भोलि हुने प्रदर्शनमा सहभागी हुन देउवाको अपील

माघ ७, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । सभापति देउवाले कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन विज्ञप्तिमार्फत अपील गरेका हुन् । कांग्रेसले संसद विघटनविरुद्ध माघ ८ गते बिहीवार (भोलि) देशभरका ६,७४३ वडास्तरीय प्रदर्शन गर्न लागेको हो ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले विरोध गर्दै आइरहेको छ । यसैक्रममा कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

Advertisement

संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमत समेत सभापति देउवाले बताएका छन् । साथै पार्टीको सबै तहका नेता तथा कार्यकर्ताहरुलाई भोलिको प्रदर्शनमा सहभागी हुँदै संसद विघटनको विरुद्ध ऐक्यवद्धता जनाउन आग्रह गरे ।