September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

संसद् विघटनको विरोधमा कांग्रेसले देशभरका वडामा प्रदर्शन गर्दै

संसद् विघटनको विरोधमा कांग्रेसले देशभरका वडामा प्रदर्शन गर्दै

माघ ८, काठमाडौँ ।
संसद विघटनविरुद्ध नेपाली कांग्रेसले बिहीबार देशभर नै प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले आज देशभरका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन गर्न लागेको हो ।

विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत गरेका छन् । उनले वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गरेका हुन् । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध एकमत भएको नेपाली कांग्रेसले जनाएको छ ।

संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्र्दै कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

Advertisement