April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाल पक्षले घोषणा गर्‍यो आन्दोलनका थप कार्यक्रम

प्रचण्ड-नेपाल पक्षले घोषणा गर्‍यो आन्दोलनका थप कार्यक्रम

माघ १२, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गरेको छ । सोमबार प्रचण्ड–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले माघ १३ गतेदेखि २८ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो ।

यसअघि दुई चरणका कार्यक्रम गरिसकेको प्रचण्ड–माधव समूहले तेस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । कार्यक्रम अनुसार १३ माघमा सिटी जुलुस, १४ देखि २१ माघसम्मसम्म माइतीघर मण्डलामा धर्ना, १६ माघमा जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ माघमा काठमाडौंमा युवा र्‍याली, २६ माघमा मशाल जुलुस र २८ माघमा काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक, निरङ्कुश एवम् प्रतिगामी कदम भएको भन्दै संघर्षका कार्यक्रमलाई निरन्तरता दिएको संघर्ष समितिले जनाएको छ । यसअघि ९ माघमा काठमाडौंमा शक्ति प्रर्दशन गरेको प्रचण्ड नेपालसमूहले प्रतिनिधिसभा विघटनको असंवैधानिक र प्रतिगामी कदम खारेज नगर्दा सम्म संघर्ष जारी रहने बताएको छ ।

Advertisement