March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

दाहाल–नेपाल समूहले आज काठमाडौँमा सिटी जुलुस निकाल्दै

दाहाल–नेपाल समूहले आज काठमाडौँमा सिटी जुलुस निकाल्दै

काठमाडौँ ः प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको दाहाल–नेपाल समूहले आज काठमाडौँमा सिटी जुलुस निकाल्दैछ । दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ ।


संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल–नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने दाहाल–नेपाल समूहको तयारी छ ।
दाहाल–नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा ¥याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ । प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले पुस १४ गतेदेखि निरन्तर सडक संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

Advertisement