September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

निर्वाचन आयोगले नेकपा विभाजन अस्वीकृत गरेको पत्र नेकपाका दुवै समूहलाई पठायो (पूर्णपाठ)

निर्वाचन आयोगले नेकपा विभाजन अस्वीकृत गरेको पत्र  नेकपाका दुवै समूहलाई पठायो (पूर्णपाठ)

माघ १३, काठमाडौं ।
निर्वाचन आयोगले नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई पत्र पठाएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकको निर्णयानुसार दुवै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दै पत्र पठाएको हो ।

आयोगले प्रचण्ड र ओली समूहले पार्टी र चुनाव चिह्नबारेको दाबी राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ को उपनियम (५) बमोजिम त्यस्तो विवरणमा आयोग सन्तुष्ट हुन नसकेको बताएको छ । त्यस्तै नियम २५ को उपनियम (६) बमोजिम सो दलको साविकको विवरण नै कायम रहेको आयोगले निर्णय गरेको छ । गत आइतबार बसेको आयोगको बैठकले नेकपा विभाजनलाई कानूनी रुपमा अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

Advertisement

आयोगले दुवै पक्षले थप गरेका अध्यक्ष, प्रवक्ता र केन्द्रीय सदस्य मान्य नहुने बताएको छ । निर्वाचन आयोगले दुवै पक्षको दाबीलाई अस्वीकार गरेसँगै नेकपा विवाद नयाँ मोडमा पुगेको छ । प्रचण्ड–नेपाल समूहले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि प्रकट गरेको छ भने ओली समूहले निर्णयको स्वागत गरेको छ ।

प्रचण्ड–नेपाल समूहले नेकपाको अध्यक्षबाट ओलीलाई हटाएको थियो । त्यस्तै उक्त समूहले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको थियो ।