September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । थप विरोधका कार्यक्रम गर्ने नगर्ने विषयमा पार्टीमा विवाद भइरहेको समय थप विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो । कांग्रेसले मंगलबार बसेको केन्द्रीय समिति बैठकमार्फत पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।


काग्रेसमा सस्थापन पक्ष आन्दोलनका थप कार्यक्रमभन्दा पनि अदालतको निर्णय कुनुपर्ने पक्षमा थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला पक्षभन सशक्त आन्दोलन गर्नुपर्ने पक्षमा थियो । आन्दोलनमा जानुपर्ने पक्ष बलियो भएको समय काग्रेसले थप विरोधका कार्यक्रम अगाडि सारेको हो ।

Advertisement


तेस्रो चरणका आन्दोलनमा भातृ तथा शुभेच्छुक संस्थालाई अघि सार्ने नीति कांग्रेसले लिएको छ । जसअनुसार १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा ७७ वटै जिल्लमा प्रदर्शन हुने छ । यसैगरी २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० गते सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निणर्य गरिएको प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।


यस अघि प्रतिनिधि सभा विघटन बिरुद्ध पहिलो चरण अन्तर्गत कांग्रेसले १३ पुसमा १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आन्दोलन गरेको थियो । यस्तै दोस्रो चरण अन्तर्गत २५ पुसमा ३३० प्रदेश सभा निर्वाचन क्षेत्र ३ माघमा ७५३ स्थानीय तहका पालिकामा तथा ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन सहितका सभा गरेको थियो ।


त्यस्तै, काग्रेसले महाधिबेशन बारे पनि निर्णय गरेको छ । केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशनका बारेमा समेत छलफल भएको छ । छलफलका क्रममा जिल्लामा वितरण भइरहेका क्रियाशील सदस्यताको फाराम ३० माघसम्म केन्द्रमा बुझाइसक्न जिल्ला समितिलाई निर्देशन दिएको छ ।


त्यसैगरी, बैंठकले म्याद सकिएका भातृ संगठनहरुको म्याद फेरी थप गर्ने निर्णय गरेको छ । नेविसंघ, तरुण दल, महिला संघ, किसान संघ, दलित संघसहित म्याद सकिएका भ्रातृसंस्थाहरुको म्याद सकिएको मितिले ६ महिना थप गरेको हो ।