September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

माघ १४, काठमाडौं ।
चार जना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । बुधबार पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धसर्वोच्चमा मुद्दा दर्ता भएको हो । अधिवक्ता लोचन भट्टराईले चार पूर्व प्रधानन्यायाधीशले अदालतलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिएको भन्दै रिट दर्ता गरेका हुन् ।

बुधबार अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले अदालतलाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिएको भन्दै अदालतमा अवहेलना मुद्दा दर्ता भएको हो । उनीहरूले विचाराधीन मुद्दामा टिप्पणी गर्दै अदालतको अवहेलना गरेको दाबी निवेदनमा गरिएको छ । निवेदनमा चारै जना पूर्वप्रधानन्यायाधीशले आफैं उपस्थित भएर जवाफ दिन माग गरिएको छ ।

केही समय अगाडि चार जना पूर्वप्रधानन्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक भएको बताउँदै अदालते उक्त निर्णय बदर गर्नुपर्ने माग गरेका थिए । मंगलबार प्रधानमन्त्री केपी ओलीविरुद्ध पनि अदालतको अवहेलनामा दुई थान निवेदन दर्ता भएका थिए ।

Advertisement