September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

थप संघर्षका कार्यक्रम तय गर्न दाहाल–नेपाल पक्षको बैठक पेरिसडाँडा

थप संघर्षका कार्यक्रम तय गर्न दाहाल–नेपाल पक्षको बैठक पेरिसडाँडा

माघ १५, काठमाडौं ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय संघर्ष समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा छलफल गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणवद्व आन्दोलनमा उत्रिएको नेकपाको केन्द्रिय संघर्ष समितिले केही दिन अघि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

थप आन्दोलन कार्यक्रम तय गर्न तथा घोषित आन्दोलनको समिक्षा गर्न बैठक बसिरहेको एक नेताले बताए । बैठकले अबका कार्यक्रममा जनसहभागिता बढाउने र विपक्षी राजनीतिक दल तथा नागरिक आन्दोलनसँग जोडिने बारेमा पनि छलफल गरेको छ ।

Advertisement

प्रचण्ड माधव पक्षले तेस्रो चरणको आन्दोलको कार्यक्रम अनुसार माइतीघर मण्डलामा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना बस्ने कार्यक्रम गर्दैछ । आजै पार्टीले बुटवलमा पनि जनप्रदर्शन गर्दैछ । सभालाई सम्बोधन गर्न प्रचण्ड र माधव नेपाल बुटवल जाँदैछन् ।