धरानमा कांग्रेसका तिलक राई विजयी
धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली काङ्ग्रेस तिलक राई बिजयी भएका छन् । धरै चासोको रुपमा हेरिएको यो क्षत्रेमा काँग्रेसले बाजी मारेको हो । सोमबार सकिएको मतगणनाको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई २७९५ सय मतले पछि पार्दै तिलक विजयी बनेका हुन् ।
काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका छन् । यसअघि, धरानमा नेकपाका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । उनको निधनपछि धरानमा उपनिर्वाचन भएको हो ।
यसअघि, धरान उपमहानगरपालिकामा २० हजार ९७५ मत ल्याएर एमालेले चुनाव जितेको थियो । स्थानीय तहको निर्वाचनमा काँग्रेस उम्मेदवारले १६ हजार १०२ मत ल्याउँदा माओवादी उम्मेदवारले ११ हजार १८० मत ल्याएका थिए । एकीकरणपछि नेकपाको मत ३२ हजार १५५ हुनुपर्ने हो । तर, मतपरिणाम विपरित देखिएको छ ।
प्रतिकृया दिनुहोस्