May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाँदै दाहाल–नेपाल समूह

केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाँदै दाहाल–नेपाल  समूह

फागुन ७, काठमाडौं ।
प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको नेकपाको दाहाल–नेपाल समूहले आफ्ना केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित निर्वाचन आयोग जाने भएको छ । राजनीतिक रुपमा विभाजित भएको नेकपाको आधिकारिता विवाद निर्वाचन आयोगले टुंगाउन ढिला गरेपछि दाहाल–नेपाल समूहले आज आयोगलाई दबाब दिन केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जान लागेको हो ।

बिहीबार साँझ सबै केन्द्रीय सदस्यलाई एसएमएसमार्फत् खबर गरेर शुक्रबार १२ बजे पार्टी केन्द्रीय कार्यालयमा भेला हुन निर्देशन दिएको एक केन्द्रयि सदस्यले बताए । पार्टीको निर्देशनसँगै विभिन्न कार्यक्रममा सहभागी हुन उपत्यका बाहिर रहेका केन्द्रीय कमिटीका सदस्यहरू अधिकांश बिहीबार र केही आज नै काठमाडौं आइपुग्दैछन् । पार्टी केन्द्रीय कार्यालयमा भेला भएपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहित निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय जाने तयारी गरिएको छ । पुस ५ मा प्रतिनिधिसभाको विघटन भएपछि नेकपा राजनीतिक रूपमा विभाजित बनेको छ । नेकपाको आधिकारिकताका सम्बन्धमा अहिलेसम्म टुंगो लागेको छैन। निर्वाचन आयोगले माघ ११ गते दुवै पक्षले बुझाएको विवरणलाई अद्यावधिक गर्न नसकिने निर्णय गरिसकेको छ।

आयोगको उक्त निर्णयपछि दाहाल–नेपाल पक्षले माघ २० गते निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएको भन्दै नेकपाको नाम, झण्डा र चुनाव चिन्हमा दावी गर्दै निवेदन दिएका थिए। तर आयोगले अहिलेसम्म यस विषयमा निर्णय गरेको छैन । नेकपाका ४ सय ४१ केन्द्रीय सदस्य रहेकामा तीमध्ये २ सय ७३ जनाको हस्ताक्षरसहित दाहाल–नेपाल पक्षले आयोगमा आधिकारिताको दावी गरेको छ ।

Advertisement